२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बहिर्गमित जनमुक्ती सेना नेपालद्धरा २७ औँ जनयुद्ध दिवसको अबसरमा दिए शुभकामना

काठमाडौँ । बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रिय संघर्ष समितीले आज फागुन १ गते, २७ औँ जनयुद्ध दिवसको शुभकामना दिएका छन् । संगठनको तर्फवाट सम्पुर्ण ज्ञात अज्ञात सहिद प्रती भावपुर्ण
श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता र घाइते तथा अपांग योद्धाहरु प्रती उच्च सम्मान प्रकट गरेको छ । साथै सहिद,बेपत्ता, घाइते योद्धाका परिवारजनहरुलाई समेत प्रेस वक्तव्य मार्फत स्मरण गरेको छ ।

मुलुक अहिले शान्ति प्रकृयामा प्रवेष गरेको १५ वर्ष वितिसक्दा पनि अधुरो शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्न नसक्नु राजनितीक दलहरु गम्भिर नभएकै कारण अहिले सम्म अधुरो शान्ति प्रकृया सडकमै भएको भन्दै दुखेसा पोखेका छन् ।

वक्तव्यमा भनिएको छ जनयुद्धमा त्याग, समर्पण र बलिदान गर्ने सम्पुर्ण योद्धाहरु सम्मानित हुनुपर्नेमा ठाउँमा अपमानित र अपहेलित हुँदैछन् । शान्ति प्रकृयाको पहिलो हिस्सा जो हतियार र गोलाबारुद द्धारा प्रशिक्षित सेनाहरुका संगठन बहिर्गमित जनमुक्ती सेना नेपालले उठाउँदै आएको मागमुद्दाहरु सरकारले वार्ता र सम्वादद्दारा सम्झौता गरेता पनी पटक–पटक भएका सम्झौता लाई तोड्दै मुलुकलाई फेरी द्धन्दमा लैजाने षड्यन्त्र भइरहको भन्दै अहिलेको गठबन्धन सरकार प्रती आपत्ती जनाएको छ ।

वक्तव्यमा प्रचण्ड प्रति इंगित गर्दै भनिएको छ परमादेशको गठबन्धन सरकारका एउटा हिस्सा प्रचण्ड नेतृत्व माओ पार्टीले षड्यन्त्र मुलक ढंगले तोडमोड गर्दै शान्ति प्रकृयालाइ पुरा हुन नदिने खेलमा लागेको भन्दै गम्भिर आरोप लगाएका छन् ।

पुर्णपाठ वक्तव्य :

                          २७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रेस वक्तव्य

महान जनयुद्धको २७ औँ वार्षिकोत्सवका सुअवसरमा हाम्रो गौरवशाली संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिको तर्फवाट सम्पुर्ण ज्ञात अज्ञात सहिद प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । बेपत्ता र घाइते तथा अपांग योद्धाहरु प्रती उच्च सम्मान प्रकट गर्दछौँ साथै सहिद,बेपत्ता, घाइते योद्धाका परिवारजन, संगठनका सम्पुर्ण कमरेडहरु, समर्थक तथा शुभेच्छुकहरु र न्यायप्रमी जनसमुदायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

आज मुलुकमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा एकात्मक राज्यसत्ता र सामन्ती राज्य व्यवस्थाको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको पनी वर्षौँ वितिसकेको छ । यति बेला १० वर्षे जनयुद्ध पछिका १५ वर्षे शान्ति प्रकृयामा मुलुक अगाडी बढीरहदा जनताले जुन आशा र अपेक्षा गरेका थिए तर विडम्वना आज नतिजा ठिक उल्टो भएको छ । राजनितीक दलहरुका स्वार्थ र सत्ता केन्द्रित लुछातानिले देश अकर्मण्यतामा फसेको छ । सहिद र जनताका सपना भाषण र चुवावी नारामा सिमीत भएका छन् ।

जनयुद्धमा त्याग, समर्पण र बलिदान गर्ने सम्पुर्ण योद्धाहरु सम्मानित हुनुपर्नेमा अपमानित र अपहेलित हुँदैछन् । शान्ति प्रकृयाको पहिलो हिस्सा जो हतियार र गोलाबारुद द्धारा प्रशिक्षित सेनाहरुका संगठन वाल सेना अर्थात बहिर्गमित जनमुक्ती सेना नेपालले उठाउँदै आएका माग मुद्धा पुरा गर्नुका सट्टा विगत देखी हालसम्म पटक–पटक भएका सम्झौतालाई विशेष गरी वर्तमान परमादेशको गठबन्धन सरकारका एउटा हिस्सा प्रचण्ड नेतृत्व माओ पार्टीले षड्यन्त्र मुलक ढंगले तोडमोड गर्दै लम्ब्याउने काम गरिरहेको छ ।

यतिमात्र नभएर अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको लोकतन्त्रका योद्धा सम्मान कार्यक्रमलाई निरन्तरता दिनुको सट्टा राजनितीक प्रतिशोधको आधारमा गुम्राममा राखिएको छ । मुलुकमा संस्थागत भ्रष्टचार मौलाएको छ । बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरु ीदनानुदिन बढिरहेको छ ।

जनताको आत्मसम्मानमा शासकहरुले उहि पुरानै तरबारबाट शासन गर्दै जनतालाई दास र उनिहरु मलिक भएका छन् । सत्ता टिकाउनकै निम्ति राष्ट्रिय स्वाधीनतामा आँच पुर्याउने कुचेष्टा कदम चाल्ने दुस्साहस गर्दैछन् । सामन्तवादका अवशेषहरु, प्रतिकृयाबादी र प्रतिगमनकारीहरुले क्रातिकारी जनताको विरुद्ध षड्यन्त्रमुलक घेराबन्दी गरी नेपालमा कम्युनिष्ट आन्दोलन असफल भएको र अब सम्भावना नहुने हुइयाँ फिजाउदै छन् । सहिदका रगतको आलमा टेकेर पटक–पटक सत्तामा पुगेका माओवादी आन्दोलनका गद्दार नवसंशोधनवादीहरु हात्तिको देखाउने दाँत र चपाउने दाँत दुइवटा हुन्छ भने झैँ बाहिर कार्यकर्ता र जनमानसमा क्रान्तिकारी बन्ने र भित्र घरेलु प्रतिकृयावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यावाद र विस्तारवादको दलाली गरिरहेका छन् ।

त्यसैले यस विषम परिस्थितिमा हाम्रो संगठनले जनयुद्धको मर्म र भावना अनुसार जनयुद्धका उपलब्धिको रक्षा र विकास गर्दैै गणतन्त्र नेपालको मुल्य र मान्यतालाई आत्मसात गर्दै नेपाल र नेपालीको जिवनस्तर सबल बनाउन बर्तमान नेपालका शासकहरुलाई निस्तेज पार्दै जनताका न्याय र सम्मानको निम्ती सदैव क्रान्तिकारी कदममा गोलवद्ध हुँदै क्रान्तिलाई निरन्तर अघि बढाई जनताको बास्तविक शासनको प्रत्याभुत गर्ने दिशामा अघि बढ्न समस्त परिवर्तनकारी जनसमुदाय, पार्टी, संघ, संगठन बुद्धिजीवी, पत्रकार, सबै वर्ग, जाती क्षेत्रलाई एकतावद्ध र प्रतिवद्धताको साथ बलियो, स्वाधिन र सवल नेपाल निर्माण र खुशी नेपाली वनाउने महान अभियानमा लाग्ने प्रेरणा र संकल्प मिलोस् भन्ने चाहान्छौँ । साथै जनताले कुनै पनि इतिहास हारेका छैनन् सदैव जनताको जित सुनिश्चित छ भन्दै अनगिन्ती शुभकामना व्यक्त गर्दछौँ ।
बहिर्गमित जनमुक्ती सेना नेपाल जिन्दावाद, नेपाली जनता जिन्दावाद, नेपाली मौलिक क्रान्ति जिन्दावाद समृद्ध नेपाल र राष्ट्रिय एकता जिन्दावाद ।

इन्चार्ज
असिम आङबुहाङ्ग लिम्बु (सुनिल)

         अध्यक्ष
        रमेश बसेल (करन)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com