२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अब बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सवारी खरिद गर्न सकिने

काठमाडौं । अब सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिने भएको छ । आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ अन्तर्गत उक्त सुविधा पाइने भएको हो ।

आइएमई नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता हो । गुरुजी ९सवारी चालक०हरुलाई साहुजी ९सवारी धनी० बनाउने उद्देश्यका साथ कम्पनीले अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीबाट सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता ९इएमआई० तिर्नु पर्ने छैन । योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित रहेको कम्पनीले एक बिज्ञप्ति जारी गरेर जनाएको छ ।

बिज्ञप्तिमा भभिएको छ ‘ आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ । त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’

त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेहरुलाई पनि यो योजनाले सहयोग गर्ने बताइएको छ । साथै रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्ने बिज्ञप्तिमा भनिएको छ ।

अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल भएको कम्पनी हो । उसका अनुसार अशोक लेलैण्डका नेपालभर २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् । त्यस्तै पार्टपुर्जाहरु पनि सजिलै पाइने छ ।

‘यो अफर यातायात÷ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर भएको आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले बताए ।

उनले नयाँ योजना सार्वजनिक गर्ने क्रममा उक्त कुरा बताएका हन् ।

‘८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलोअबसर हो । यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’ भन्ने कथन अनुसार छ । म हरेक व्यक्तिलाई चाँडोभन्दा चाँडो यो अफरको लाभ लिन आग्रह गर्दछु । साथै यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएकोले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गर्दछु,’ उनले भने ।

उक्त सुविधा लिन तथा थप जानकारीका लागि

९८०२०५७०७०

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com