२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिए

काठमाडौं । नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। अभिनेत्री थापाको यो दोश्रो पटक विवाह हो । यसअघि उनी निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् तर, दुई बीचको सम्बन्ध टिक्न सकेको थिएन ।

अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री उम्मेदवारी दिएकी थिइन् ।

कमल थापानिकट मानिएकी उनी राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार दिएकी थिइन् भने महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com