२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

आज २४ घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । २४ घन्टाको अवधिमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा दुई हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भन देशभर २० हजार ७३९ संक्रिय संक्रमित रहेका छन् ।

हाल १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com