२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका ४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी कुटपिटबाट अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षकका चन्दका अनुसार मृतक सिजापतीको शरीरभरि चोटपटक रहेका छन् ।

सिजापतीकोे कुटपिट गरी हत्या गरेको आशङ्कामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले मृतकको शव जोगबुढा अस्तालमा राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com