२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न पर्यटन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् ।

पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग्घर राख्न विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भने, ‘पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।’ पशुपतिनाथ क्षेत्रमा फूल, प्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित स्थानमा सार्न र उनीहरुका समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फूल प्रसाद बिक्री वितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com