२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

भारतमा २७ हजार नयाँ कोरोना सङ्क्रमित थपिदा ८२ हजार ८१७ जना सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १२७ रहेको छ । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com