२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

मिटर ब्याजीको डरलाग्दो जालो

काठमाडौं । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् ।

विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार मिटर ब्याजको र माइलो पक्ष के हुन्छ भने मिटर ब्याजीहरू बेरोजगार हुन्छन् । तर ब्याज दिनेहरू व्यापारी÷व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com