२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

स्थानीय निर्वाचनविरुद्ध दायर भएको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनविरुद्ध दायर भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले आगामी वैशाख ३० गते निर्वाचित जनप्रतिनिधिको ५ वर्षे अवधि नपुग्ने भन्दै दायर गरेको रिट निवेदन दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधबार आदेश दिएको हो।

यसअघि सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले विना आधार निवेदन ल्याइएको भन्दै दरपीठ गरेका थिए ।

रजिष्ट्रार पन्थीले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि मेयर साहले त्यसविरुद्ध सिधै इजलासमा निवेदन दिएका थिए । बुधबार इजलासमा आएको निवेदन दर्ता गर्न न्यायाधीश खतिवडाले निवेदन आदेश दिएका हुन् ।

स्थानीय तहको निर्वाचन २०७४ सालमा तीन चरणमा ९वैशाख ३१, असार १४ र असोज २ मा० भएका थिए । संविधानले स्थानीय तहका पदाधिकारीको कार्याकाल ५ वर्षको हुने व्यवस्था गरेको छ ।

तर, सरकारले आगामी २०७९ को वैशाख ३० मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com