२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

अनिवार्य पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन आओनको माग

प्रकाशित : फागुन ६, २०७८

काठमाडौँ । हवाई यात्रामा अनिवार्य गरिएको पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन वायुसेवा सञ्चालक संघ (आओन) ले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरेको हो ।

कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई माथि उठान आवश्यक रहेको अवस्थामा थप प्रोटोकलको नाममा हवाई क्षेत्रमा गरिएको अनिवार्य पीसीआर परिक्षणको रिपोर्ट तथा सीसीएमसी फारमले थप पर्यटक आजित भएको संघको भनाइ छ ।

‘महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै र्​‌हास आएको छ । जसका कारण यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको छ ।विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको छ ।

स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत अव आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आंकलन समेत गरेकोले धेरै जसो मुलुकहरुले प्रतिवन्धलाई खुकुलो पारेको छ । अन्तर्राष्ट्रिय संस्था आईएटीएले पनि पीसीआर टेष्ट, आइसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको छ ।

छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाईयात्राका लागि पीसीआर टेष्टको अनिवार्यता हटाईसकेको छ । यस्तो अवस्थामा नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुनेगरि पीसीआर तथा सीसीएमसी फाराम भर्ने प्रावधान तत्कालै हटाउन उचित हुने देखिन्छ । सोही अनुसार यस्तो वाध्यात्मक व्यवस्था हटाइ पर्यटन उद्योगलाई सहजीकरण गरिदिन समेत सरकारसँग माग गर्दर्छौ’ संघले भनेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com