२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमसीसी जसरी पनि संसदमा पेश हुन्छ : प्रधानमन्त्री को चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि प्रतिनिधिसभाको बैठकमा टेबल गर्न बताएका छन् ।

बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आज बस्ने प्रतिनिधिसभाका बैठकमा एमसीसी सम्झौता जसरी पनि पेश गर्ने अडान राखेका हुन् । उनले भनेका थिए( ‘तपाईँहरु जे सुकै गर्नुहोस्, सरकारले पेश गर्छ ।’

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि एमसीसी संसदमा पेश गर्नुपर्ने बताएका थिए । उनले गठबन्धन पनि जोगाउनुपर्ने र कम्तीमा एमसीसी टेबल गर्नुपर्ने बताएका थिए ।

यता, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए । त्यसपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com