२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

सत्ता गठबन्धन दलहरुले एमसीसी टेबुल गर्न असहयोग गरेपछी ओलीलाई भेट्न पुगे प्रधानमन्त्री देउवा बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहाादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ दुई चरणमा छलपल भएको छ ।

सत्ता गठबन्धन भित्रकै दलहरुले एमसीसी टेबुल गर्नमा अबरोध गरेपछि प्रधानमन्त्री देउवा बाध्य भएर ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए । पत्नी आरजु राणासँग बालकोट पुगेका प्रधानमन्त्री देउवाले एक साँझमै दुई चरणमा छलफल गरेको बताइएको छ ।

पहिलो चरणमा बालकोट पुगरे छलफल गरेका देउवा फर्किएपछि पुन छलफलका लागि बालकोट पुगेका थिए । उनी दोस्रो पटक ८ बजेर ५० मिनेटमा बालकोट पुगेका थिए । ओलीसँग साढे एक घण्टा छलफल गरेका देउवाले खासगरी एमसीसी टेबुल गर्ने बिषयमै कुराकानी गरेको बुझिएको छ । यद्यपि उनीहरुबीच दुई चरणमा त्यतिका लामो कुराकानी के बिषयमा भयो भन्ने बारे दुवै पक्षले खुलाएका छैनन् ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् । तर उनलाई सत्ता सहयात्रीहरुकै साथ रहेको छैन । ओलीसँगको त्यतिका लामो छलफमा एमसीसी मात्रै नभइ अन्य रणनीतिक बिषयमा पनि कुराकानी भएको हुनसक्ने प्रशस्तै अनुमा गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले छलफलपछि पत्रकारहरुसँग कुनै प्रतिकृया दिन मानेन् । त्यस्तै उता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संचारकर्मीहरुलाई प्रतिकृया दिएनन् । ओलीको सचिवालयले भने भेटवार्ताका बिषयमा मिडियामा भन्ने बिषय कुनै नभएको बताएको छ ।

‘उहाँहरुबीच छलफल र भेटघाट भएको हो । तर मिडियासँग भन्ने बिषयमा कुराकानी नै भएन,’ ओलीको सचिवालयले जनाएको छ ।

तर भेटमा देउवाले ओलीसामू संसद खोल्न र मिलेर एमसिसी पास गरौं भनेर प्रस्ताव राखेको तर ओलीले यी विषयमा आफ्नो पार्टीको पहिलेकै अडान कायमै रहेको बताइएको छ।

स्रोतका अनुसार ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने वा एमालेले १४ जना सांसदलाई गरेको कारबाहीलाई सदर गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

प्रधानमन्त्री देउवार ओलीको भेटवार्ताका क्रममा एमाले कार्यकर्ताहरु प्रशस्त मात्रामा बालकोट पुगेका थिए । तर छलफलमा एमालेका कुनै नेताहरु सहभागी थिएनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com