२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राप्रपा नेपालबाट कमल थापालाई ‘निकाल्न’ उच्च अदालत पाटनमा निवेदन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले ‘राप्रपा नेपाल’ कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाएका हुन् । यसका साथै, उनीहरुले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारेका छन् ।

यस्तै, राजसंस्था र हिन्दूराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि उनीहरुको आरोप छ । पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरुको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे ।

साथै, उनले लाक्पा तामाङको कदम आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् । पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भएपनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com