२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Janasewa News

सिंहदरबारलाई आफ्ना माग मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ माइतीघर मण्डला

जिन्दावाद ! मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।

माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिनैको नाराबाजी यस्तै हो भनेर बाटो लाग्छन् ।आन्दोलन गर्न विद्यार्थीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म त्यहाँ पुग्छन् । यसै भएर माइतीघर वरपरको व्यवसाय बढेको पनि छ । कुनै व्यवसायी वाक्क दिक्क मान्छन्, कोही दिनदिनै भए जीविकोपार्जन गर्न काइदै हुन्छ भन्ने ठान्छन् । आन्दोलनको समय कार्यालय समयकै आसपास हुन्छ ।

प्रायः बिहान ११ देखि अपराह्न ४ बजेसम्म त्यो स्थल खाली नै हुँदैन । २०५८ पुसमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ११औँ शिखर सम्मेलनताका माइतीघरको घुमाउनेमा रहेका घरहरू विस्थापन गरी अहिलेको मण्डला बनाइएको हो । त्यसपछिका दिनमा त्यसै मण्डलामा उभिएर आन्दोलन हुन थालेका हुन् । अचेल त्यहाँ प्रतिबन्ध लगाइएपछि मण्डलाको दक्षिणतर्फको र्भिस लेनमा आन्दोलनका विभिन्न कार्यक्रम गरिन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com