२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नक्कली मह बिक्री गर्ने एक जना पक्राउ

काठमाडौँ । खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो ।

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग वाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।

नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com