२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेकपा (एस) को स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे निर्णय गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शनिबार आज बिहान ११ बजे बस्ने भएको छ ।

बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले भने जसरी पनि एमसीसी पास गर्ने पर्ने अडान लिदै आएको छ । जसका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।
नेकपा एकीकृत समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने भएको हो ।

नेपाली काँग्रेसले एमसीसी संसदमा टेबुल गर्नका लागि अधिकतम प्रयास गरेपनि सफल भएको छैन । भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने सम्भावना रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com