२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भुर्तेलको सानदार सतकमा नेपालले राख्यो फिलिपिन्स सामु २१९ रनको लक्ष्य

इलाम । आइईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा नेपालले फिलिपिन्स सामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह ‘बी’ अन्तर्गत आज नेपालले टस हारेर व्याटिङको निम्तो पाएको थियो । नेपालले निर्धारिच २० ओभरमा कुशल भुर्तेलको सतकमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो ।

नेपालका लागि सतकीय पारी खेलेका भुर्तेलले ६१ बलको सामाना गर्दै १३ चौका र १ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर असिफ शेख भने शून्य रनका आउट भएका थिए । शेख आउट हुँदा नेपालको स्कोर ९ रन रहेको थियो ।

दोस्रो ओभरको पहिलो वलमा शेख आउट भएपछि आएका कुशल मल्लले पनि राम्रो व्याटीङ गर्न सकेनन उनी चौथो ओभरको दोस्रो बलमा व्याक्तिगत १२ रनको स्कोरमा आउट भए ।

मल्ल आउट भएपछि आएका दिपेन्द्र सिं एरीले भने आक्रमक शुरुवात गदै ४७ वलमा ६ चौका र ४ छक्काको मद्दतले ८३ रन बनाउँदै १८।५ ओभरमा आउट भए त्यस वेला नेपालको स्कोर २०७ रन रहेको थियो ।

लोकेश वमले भने ३ वलको सामाना गर्दै १ छक्काको मद्दतमा ६ रन बनाए । फिलिपिन्सको वलिङ धरैनै फितलो देखियो फिलिपिन्सका तर्फबाट डेनियल स्मित, मिग्गी पोडोस्गी र गुरभुपिन्दर चौहानले समान १–१ विकेट निकालेका थिए । अब जितका लागि फिलिपिन्सले २१९ रन बनाउनु पर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com