२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राजेन्द्र लिङ्देनले आफूलाई पार्टीबाट पाखा लगाउने परिस्थिति निर्माण गरे त्यसैले पार्टी त्यागे : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपामा प्रवेश गरेर अध्यक्ष भएका कमल थापाले गीता छोएर आफूले राप्रपा नफुटाएको दाबी गरेका छन् । शनिबार राप्रपा, नेपालको घोषणा सभामा मन्तव्य राख्ने क्रममा सनातन हिन्दू धर्मालम्वीहरुको पवित्र धर्म ग्रन्थ गीता छोएर राप्रपा नफुटाएको उनले दाबी गरे ।

उनले भने, ‘यहीँ मञ्चबाट मैले गीता हातमा लिएर राप्रपालाई कदापी फुटाउने छैन, फुट्नदिने छैन भन्ने कसम खाएको थिए । गीता हामी सनातन धर्मावलम्बीहरूको एउटा महान ग्रन्थ हो, पवित्र ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिल्यै नफुटाउने कसम खाएको मलाई सम्झना छ ।धार्मिक र आध्यात्मिक मान्यतामा विश्वास राख्ने भएको कारणले गर्दा मलाई आज यो भन्दाखेरि खुसीको अनुभव हुन्छ, मैले राप्रपा फुटाइनँ ।’

अध्यक्ष थापाले केही नेताले राप्रपा विभाजन गर्न सुझाव दिँदा पनि आफूले त्यो सुझाव इन्कार गरेको पनि बताए । पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्नेमा कहिल्यै विश्वास नगरेको पनि उनले बताए ।

उनले भने, ‘अहिले पनि राप्रपामा हामीप्रति स्नेह सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्य हुनुहुन्छ । कतिपय केन्द्रीय सदस्यले विधान, कानुन बमोजिम ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन भन्ने सल्लाह दिएका थिए । तर मैले पार्टी फुटाउन चाहिनँ । पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने मान्यतामा म विश्वास राख्दिनँ ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पार्टीबाट पाखा लगाउने परिस्थिति निर्माण गरेको उनको आरोप छ । अध्यक्ष थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न भने पनि अध्यक्ष लिङ्देनले नमानेपछि पार्टीबाट हट्नुपरेको बताए ।

उनले भने, ‘राप्रपाले परिकल्पना गरेको राजसंस्था अभिभावक, आस्था, राजनितिभन्दा माथि उठेको राष्ट्रियता र एकताको प्रतिकको रूपमा संविधानभित्र रहने सेरेमोनिय राजसंस्था हो । त्यो संस्थाले कुनै एउटा दलको, एउटा गुट, एउटा व्यक्तिको पक्षपोषण गर्दा हामीले परिकल्पना गरेको राजसंस्थाको मान्यतामाथि आघात पुग्दछ । त्यसकारणले गर्दा पार्टीले यो विषयको निराकरण गर्नुपर्दछ भनेर अनुनय विनय गरे । दुई पटक लिखित रूपमा दिए । त्यो व्यक्तिगत अनुरोध मात्रै थिएन । हाम्रा सामान्य मागलाई रद्दिको टोकरीमा फाल्ने काम गरियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com