२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

समाजवादी र माओवादीमा गएकाहरुलाई एमालेमा फर्किन :अध्यक्ष ओलीको आग्रह

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएको छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएको हो ।

यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा पराजित हुने पनि बताउनुभएको छ । उहाँले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबको एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताउनुभएको हो ।

‘संसारभरिका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि यो सरकारको आयु बढीमा एक वर्ष नै हो भन्छ । त्यसैले नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं’, अध्यक्ष ओलीले भन्नुभयो ।

यस्तै ओलीले चुनावमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दाबी गर्दै चुनावमा नागरिकको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । उहाँले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com