२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी खारेज गर्न सांसदका घर–घरमा विप्लव निकट युवा सँगठनले पठाए चिठी

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुको घर–घरमा नेत्रविक्रम चन्द विप्लव विप्लवको चिठी पुगेको छ । एमसीसी संसदबाट अनुमोदन नगर्न विप्लव नेतृत्वको नेकपा युवा संगठनले चिठी पठाएको हो ।

चिठीमा एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न सुझाव समेटिएको युवा संगठनले जनाएको छ । यो रुपन्देही जिल्लाको खबर हो ।

जिल्लाका संघीय सांसदहरुलाई युवा पत्रले पठाएको छ ।

एमसीसी राष्ट्रघाती रहेकाले संसदमा पेश भएको अवस्थामा सम्झौताको विपक्षमा भोट गर्न आग्रह गर्दै रुपन्देहीका ७ जना सांसदलाई पत्र बुझाएको हो ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाएको युवा संघका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बताए ।

‘एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्नेछ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षति हुनबाट देशलाई बचाउन तपाईंको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ’ पत्रमा भनिएको छ ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न पत्र बुझाइएको अध्यक्ष जंगलीले बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता पठाउन विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी दुई वटा राजनीतिक मोर्चा सडक संघर्षमा छन् । आज पनि संसद घेराउ सम्मका कार्यक्रम राखिएको छ ।

प्रतिनिधि सभामा आज एमसीसी टेबल हुने सम्भावना रहेको छ । यसका लागि विहान १० बजे गठबन्धनको बैठक बोलाइएको छ भने ११ः३० बजे कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com