२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ई–सेवामा ‘बोनस रकम प्राप्त हुन्छ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । ई–सेवामा ‘बोनस रकम प्राप्त हुन्छ’ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई रु सात लाख २७ हजार ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com