२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ : झलनाथ खनाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताउनुभएको छ । आज आइतवारको प्रतिनिधि सभाको बैठकपछि बोल्दै उहाँले सरकारमा रहेका दलहरूको असहमतिमा संसदमा एमसीसी टेबल गरिनु संविधानलाई मिच्ने काम भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै नेता खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताउनुभयो ।

नेता खनालले एउटा आर्थिक सहायताका लागि देश विभाजन गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान सभाले बनाएको संविधानको धारा २७९ ले सङ्घीय ऐन बनाएर मात्रै यस्ता खालका सन्धि, सम्झौताहरू अनुमोदन गराउन भन्छ ।

चार प्रकारका सन्धि, सम्झौताहरू मात्रै यो ठाउँमा अनुमोदनका लागि ल्याइने गरिन्छ । सङ्घीय ऐन नै नबनाइ संविधानलाई मिचेर जबरजस्ती एमसीसी टेबल गर्नु संविधान विरोधी काम हो । संविधानलाई मिच्ने काम भयो । प्रमुख प्रतिपक्षले संसद् चल्न दिएको छैन । यस्तो बेलामा कुनै पनि कार्यसूचीहरू आउँदैनन् । राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई यस्तो बेलामा पेस गर्ने कुरा अर्को लज्जास्पद कुरा हो । स्थायी कमिटीको बैठकमा एमसीसी टेबुल गर्न दिने भनिएको छैन ।

अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ । एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ रु यसका लागि कतिपय मानिसहरु यहाँ निहुरिरहेका छन्, यो लज्जास्पद कुरा हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com