२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

एमसीसीमा राष्ट्रिय हित प्रतिकूलका प्रावधान छन्,संशोधनविना अगाडि बढाउन हुँदैन : गुरुङ

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदमा अवरोध गरुन्जेल महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुन नसक्ने बताउनुभएको छ । आज आइतवारको प्रतिनिधि सभा बैठकपछि बोल्दै उहाँले एमसीसी सम्झौतामा राष्ट्रिय स्वाधीनतालाई प्रतिकूल पार्ने प्रावधान भएकाले संशोधनविना प्रक्रिया अगाडि बढाउन नहुने बताउनुभयो ।

सन्धि, ऐन, संविधानको व्यवस्थाअनुसार पनि एमसीसी सम्झौता संसदमा पेस गर्न नमिल्ने नेता गुरुङको भनाइ छ । उहाँले माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा पेस गर्ने प्रक्रियामा असहमति राखेको पनि बताउनुभयो ।

मुख्य सचेतक गुरुङले भन्नुभयो, ‘सदनमा अवरोध भएको अवस्थामा सदन चल्दैन भन्ने हाम्रो मान्यता छ । यो लोकतान्त्रिक विधि पनि हो । मान्यता पनि हो । सदनमा अवरोध भइराखेको अवस्थामा कुनै पनि महत्त्वपूर्ण एजेन्डा, कार्यसूचीमा छलफल चल्न नसक्ने भएको हुनाले प्रतिनिधि सभामा विगत कालदेखि ४२ वटा विधेयक पाइपलाइनमा छ, छलफल गर्न पाएको छैन । तर आज संसद नचलेको अवस्थामा एमसीसीसम्बन्धी कार्यसूची आएको हाम्रो गम्भीर आपत्ति छ । एमसीसीमा गम्भीर प्रकारका राष्ट्रिय हित प्रतिकूलका, राष्ट्रिय स्वाधीनतालाई प्रतिकूल पर्ने प्रकारका प्रावधानहरू रहेका हामीले भन्दै आइरहेका छौँ । एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छ, संशोधन गर्नुपर्छ अनि मात्रै यो प्रक्रिया अगाडि बढ्न सक्छ भनेर हाम्रो दलले भन्दै आइरहेको विषय हो । एमसीसीमा सहमति नजुटी टेबल हुने प्रक्रियाप्रति गम्भीर असहमति प्रकट गर्न चाहन्छु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com