२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

२४ घण्टामा थप ३८८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। ८ हजार १४० जनामा नमुना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२०५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ११ हजार २८२ जना रहेको मन्त्रालयले जनाएको ।

मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com