२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनको तयारी गर्न माओवादी केन्द्रले दियो निर्देशन

जनसेवा न्युज संवाददाता

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।
माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरुलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ । यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ।

यस्तै निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ । निर्वाचन आयोगले ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरु त्यसको तयारीमा लागेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com