२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पर्यटन मन्त्री आलेको गर्जनपछि क्यासिनो सञ्चालकले धमाधम तिर्न थाले एक सातामै उठ्यो ७६ करोड

काठमाडौं । धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धमाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेर गरी बसेका १७ वटा क्यासिनो कम्पनीले आफूले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् । अझै १ अर्ब ११ करोड उड्न बाँकी रहेको छ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com