२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

मेलम्चीको मुहानमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।

आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो । सेनाले ठूला ठूला ढुङ्गामा ‘ड्रिल’ गरी त्यसभित्र विस्फोटक पदार्थ पठाएर ढुङ्गा फुटाउने काम भइरहेको छ ।

मुहान सफाइमा माथिल्लो तहमा गिटीबालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएका छन् । प्रवक्ता पन्तले ढुङ्गा फुटाउने काम कहिलेसम्म सकिन्छ भन्ने विषय ढुङ्गा कति निस्किन्छ त्यसमा भर पर्ने बताए । अहिले मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा टिप्पर प्रयोग गरेर काम भइरहेको छ ।

आगामी सातासम्म मुहान सफाइको काम सम्पन्न गरिसक्ने भनाइ प्रवक्ता पन्तको छ । सरकारले चैतभित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com