२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपाली काँग्रेस –नेकपा एमालेका करीब दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा अबिर र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।


कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएर गएको बताए । ‘मधेसमा मात्र नभई देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ, यो क्रम जारी रहन्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।


माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैगरि सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्व शिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com