२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । एमसीसीबारे पार्टी भित्रै मत बाझिएछि पार्टीले छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

बैठक आज दिउसो १ बजेका बोलाइएको बताइएको छ । विशेषगरी पार्टीको सम्मानीत नेता झलनाथ खनालले एमसीसीबारे चर्को आलोचना गरेका छन् ।

आईतबारको संसद बैठकमा एमसीसी टेबुल भएको छ । तर शनिबार बसेको स्थायी कमिटी बैठकले हालकै स्थितीमा संसदमा पेश गर्न दिने भएपनि संशोधनबिना पास गर्न सहयोग नगर्ने निर्णय गरेको थियो ।

आईतबार एमसीसी संसदमा टेबुल भएपछि नेता खनालले एमसीसी टेबुल गर्नेबारे पार्टीले निर्णय नगरेको भन्दै आपत्ति जनाएका थिए ।

यसअघि शनिबारको बैठकपछि नेताहरुको फरक फरक बिज्ञप्ति निकालिएको थियो । फरक फरक बिज्ञप्ति जारी भएपछि पार्टी महासचिव बेदुराम भुसालले अर्को बिज्ञप्ति निकालेर बैठकमा एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको जनाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com