२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

उदयपुरमा तीन बालिका आफन्तबाटै बलात्कृत

उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको होन । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् । उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ ।

चालु आर्थिक वर्ष भित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com