२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी तत्काल फिर्ता लैजान अमेरिकालाई बामदेव गौतमको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एमसीसी सम्झौता फिर्ता लैजान अमेरिकी सरकारलाई अनुरोध गरेका छन् । गौतमले आज (मंगलबार) प्रेस विज्ञप्ती जारी गरेर एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्नसक्ने भन्दै फिर्ता लैजान अनुरोध गरेका हुन् ।

जोरी विज्ञप्तीमा भनिएको छ, ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प(यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ । मैले यस भन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तीमार्फत् आग्रह गरेको थिएँ । तर, हुन सकेन ।’

उनले थप भनेका छन्, ‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझैं प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com