२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सुरक्षा खतरा देखेपछी नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइयो

संसद भवन

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो।

पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन्।

भोलि (बिहीबार) संसद बैठक बस्दैछ। संसद बैठक बस्दैगर्दा यता बानेश्वर क्षेत्रमा प्रदर्शनको तयारीसमेत गरिएको बताइएको छ। सम्भावित घटना हुन नदिन काँडेतार लगाइएको सुरक्षास्रोतले जानकारी दिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com