२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

समाजवादी केन्द्र नेपालले एमसीसी सम्झौता विरुद्ध भोली नेपाल बन्दको घोषणा

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोररेशन (एमसीसी) सम्झौताको विरुद्धमा नेपाल बन्दको घोषणा गरिएको छ ।

एमसीसी संसदबाट रोक्न माग गर्दै समाजवादी केन्द्र नेपालले नेपाल बन्दको घोषणा गरेको । सो पार्टी फागुन १२ गते नेपाल बन्दको घोषणा गरिएको भन्दै गृह मन्त्रालयमा पत्र पठाएको छ ।

संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजी गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरिएको समाजवादी केन्द्र नेपालले जनाएको छ ।

साथै, महंगी पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिसमेत फिर्ता गर्न माग गर्दै बन्दको आयोजना गरिएको समाजवादी केन्द्र नेपालकी कार्यबहाम महासचिव सुशिला बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि सो पार्टीले एमसीसी प्रतिनिधिसभाबाट खारेज गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएको थियो । एमसीसी नेपालको संविधानभन्दा माथि भएको भन्दै उक्त पार्टीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेको हो ।

फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि रहने गरी पास गर्न लागेकोले उक्त सम्झौता खारेज भागी भएकाले राष्ट्रपति कार्यालयमा निवेदन दिएको समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले बताएका थिए ।

नेपालको संविधानको भाग २८ को धारा ६१/ ९३० मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ भन्ने प्रावधान रहेकोले एमसीसीको पक्ष र विपक्षमा विभाजित अबस्थालाई एउटा निचोड दिन सरकारले पास गर्न खोजेको एमसीसी खारेज गर्नु आवश्यक भएको उक्त पार्टीको निश्कर्ष थियो ।

संविधानको भाग २८ धारा २६७ को उपधारा ९२० बमोजिम राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत भएको कारण आफ्नो देशको अस्तित्व सिद्धिन लागेकोले पनि सो एमसीसी सम्झौता खारेज गर्न आवश्यक देखिएको निवेदनमा उल्लेख थियो ।

साथै धारा ६६/ ९१० मा दिएको अधिकार अनुसार असंवैधानिक कदमलाई रोक्न आवश्यक देखिएको जनाएको छ ।

त्यस्तै, संविधानको भाग ३० धारा २७३ उपधारा ९१० बमोजिम संकटकालीन अबस्थाको घोषणा गर्न पनि सम्माननीय राष्ट्रपति ज्युको अधिकार क्षेत्र भित्र पर्ने हुँदा तत्काल संसद विघटन गरी एमसीसी सम्झौता टेबल गर्ने र पास गर्न खोज्नेहरुलाई गिरप्तार गरी राजद्रोहको मुद्धा लगाई आवश्यक कारबाही गर्न पर्ने पनि माग गरिएको छ ।

विज्ञाप्ति :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com