२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

युक्रेनका विभिन्‍न ठाउँमा विस्‍फोट (भिडियो)

काठमाडौँ । युक्रेनको राजधानी कीभमा शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको अन्तर्राष्‍ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् । रोयटर्सका अनुसार फायरिङ र गोलाबारीको ठूल्ठूलो आवाज सुनिएको हो ।

कीभ र खार्किभलगायत युक्रेनी सहरहरूमा विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ । बीबीसीका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ । कीभको बोरिस्पिल एयरपोर्ट नजिकै बन्दुकको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

बीबीसी युक्रेनले राजधानी कीभ र डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्कमा ठूलो आवाज सुनेको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा उत्तर(पूर्वी खार्किभ, दक्षिणमा ओडेसा र पूर्वी डोनेट्स्क ओब्लास्ट क्षेत्रमा विस्फोट भएको खबर पनि आएको पनि बीबीसी युक्रेनले जनाएको छ ।

https://twitter.com/i/status/1496691616492691460

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com