२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

ओलीलाई देउवाको प्रस्ताव : सबै विकल्पका लागि तयार छु, एमसीसीमा एक ठाउँ उभिएर जाऔं

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।

ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले रातोपाटीसँग भने, ‘एमसीसी राष्ट्रसँग जोडिएको विषय भयो । गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण हो ।’ एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ? ओलीलाई देउवाको प्रश्न थियो ।

अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऊ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।

‘एमसीसीमा मलाई मद्दत गर्नुस् । हिजो एमसीसी संसदमा दर्ता गर्दा मैले अप्ठ्यारो बनाएको थिए रु त्यो बेला म सँगै उभिएको होइन ? देउवाको प्रश्न छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com