२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन, ब्यापक प्रहरी परिचालन

काठमाडौं । संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्ध आज पनि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनलाई लक्षित गरी महानगरीय प्रहरी कार्यालयले सो क्षेत्रमा दुई हजार ४०० भन्दा बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय गरी २४ सय प्रहरी परिचालन गरिइएको जनाइएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले काठमाडौंका एसएसपी सुदीप गिरीको कमान्डमा १४ डीएसपीसहित प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘‘विरोध प्रदर्शनलाई लक्षित गर्दै प्रहरी टोली खटाइएको छ । विरोध प्रदर्शन सुरु भइसकेको छ । अहिलेको अवस्था सामान्य छ,” उनले भने ।

सत्ता गठबन्धनमा आबद्ध दलका भातृसंगठनका नेता–कार्यकर्ताले समेत एमसीसीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com