२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

टिकटकबाट भएको कमाइबाट पाँचथरका विद्यार्थीहरुलाई लताकपडा सहयोग

काठमााडौं । सामाजिक संजाल टिकटकबाट भएको कमाइबाट पाँचथरका विद्यार्थीहरुलाई लताकपडा सहयोग प्राप्त भएको छ ।

पाँचथर हिलिहाङ तत्कालीन सुभाङकी संगीता सुहाङ त्यस्तै कुम्मायक – ४ रानीगाउँका मौसम सम्बाहाम्फे र सुनिता खजुमले पाँचथरका २ विद्यालयका विद्यार्थीहरुलाई ७० हजार रकम बराबरको लत्ता कपडा उपलब्ध गराएका हुन् ।

उनीहरुले जिल्लाको फिदिम नगरपालिका–४ मा रहेको गढि माविका दृष्टिविहिन विद्यार्थि र जिल्लाको कुम्मायक गाँउपालिका–४ मा रहेको सिंहवाहिनी आधारभूत विद्यालयका विद्यार्थिहरुलाई विद्यालयमै पुगेर सहयोग वितरण गरेका हुन् ।

जसमा गढी माविका १५ जना दृष्टिविहिन विद्यार्थी र सिँहवाहिनी आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक ९स्विटर, टाई० प्रदान गरिएको संगीता सुहाङले बताइन् ।

बुधबार विद्यालयमा एक समारोहको आयोजना गरि सहयोग प्रदान गरिएको प्रति सिंहवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक केदार सम्बाहाम्फेले धन्यवाद दिनुभयो ।

टिकटकको कमाइबाट संयुक्त रुपमा विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको उनीहरुको भनाइ छ । सहयोग कर्ताहरु जिल्लाकै स्थानीय संचारमाध्यममा आबद्ध रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com