२०८३ जेष्ठ २४ - Sun Jun, 2026 -

Janasewa News

नक्कली नोटसहित तीन भारतीय पक्राउ

काठमाडौं । प्रहरीले नक्कली भारतीय नोटसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार बिराटनगर महानगरपालिका–१३ बाट भारतीय १०० दरको ४८ थान नक्कली नोटसहित भारत बिहार पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम पक्राउ परेका छन् ।

निजहरु सवार टेम्पोबाट विराटनगर–१३ नहर चोकमा सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त नक्कली नोट बरामद गरेको हो । निजहरुलाई नक्कली नोटसहित इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com