२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न अखिल क्रान्तिकारीद्वारा सरकारसँग माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न माग गरेको छ।

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यमा भएका सबै प्रकारका विकृति, विसङ्गति एवम् कमजोरीको अन्त्यका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि निरन्तर सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ भन्दै विज्ञाप्तिमा उल्लेख गरिएको छ।

लाखौं विद्यार्थीहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहेको हाम्रो सङ्गठन आम विद्यार्थीहरुको हक–हितको निम्ति निरन्तर पहलकदमी गर्दै आइरहेको कुरा सुस्पष्ट नै छ ।

हालै रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको असुरक्षाका कारण युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थीलगायत त्यहाँ रहेका नेपाली समुदायलाई परेको सङ्कटप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रघाती एमसीसी सम्झौता संसद्बारा अनुमोदन गराउन मरिहत्ते गरेर लागिपरेका छन् ।

तर, विदेशमा सङ्कटको भूमरीमा फसेका नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली समुदायलाई उद्धार गर्ने सवालमा प्रधानमन्त्री शेरबहादुर देउवा एवम् नेपाल सरकार कत्ति पनि जिम्मेवार देखिँदैन ।

राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजीको मागसहित विदेशमा सङ्कटमा परेका र असुरक्षित अवस्थामा रहेका नेपाली विद्यार्थीलगायत आम नेपाली नागरिकहरुको सुरक्षा र उद्धार गर्नु नेपाल सरकारको दायित्व भएको हुँदा युक्रेनमा सङ्कटमा परेका विद्यार्थी र आम नागरिकको राहत एवम् उद्धारका निम्ति कूटनीतिक पहल र अत्यावश्यक आर्थिकलगायतका सबै प्रबन्ध गरी अविलम्ब उद्धारकार्य अघि बढाउन जोडदार आग्रह गर्दछौं ।

विज्ञाप्ति :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com