२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पिसीआर परीक्षण

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com