२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रदेश १ मा १०५ दिनपछि प्रदेशसभा बैठक बस्दै

साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार) का लागि तय भएको छ ।

बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ । यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको हो । प्रदेशसभा भोलिदेखि सुरु हुने भनिएको भए पनि वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन । प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ ।

दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ । यसअघि उक्त विधेयकको मस्यौदाबारे सरोकारवालासँग सरकारले छलफल गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि प्रदेशसभा बैठक सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । उसले संसद्लाई बन्धक बनाउनु राम्रो नभएको भन्दै सरकारको आलोचना पनि गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com