२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

एजेन्सी

तपाईहरुले चस्मा त लगाउनु भएकै होला । यसको डिजाइन र आकार फरक–फरक किसिमको हुन्छ । यद्यपि तपाईले विलकुल यस्तो चस्मा लगाउनु भएको छैन, जसमा तपाई फोन उठाउन सक्नुहुन्छ र दिशानिर्देश (नेभिगेसन) समते गर्न सक्नु हुनेछ ।

यदि तपाईलाई हामीले रमाइलो मात्रै गरेको लागेको छ भने यो बिलकुल होइन । किनकी तपाईको चस्मा लामो अवधिसम्म सामान्य मात्रै नरहने भएको छ । यसबाट तपाई आफ्नो धेरै काम गर्न सक्नु हुनेछ । जुन हालसम्म पनि असम्भव नै भएको लाग्दथ्यो ।

तर बजारमा यस्तो चस्मा आएको छ, जुन सामान्य भन्दा फरक खालको छ । यो स्मार्ट चस्मा हो जसलाई तपाई आफ्नो स्मार्टफोनसँग जोड्न सक्नु हुने छ । आउनुहोस् जानौँ यो चस्मा कस्तो हो र स्मार्ट ग्लास र यसको विशेषताः
जुन स्मार्ट ग्लासको बारेमा हामी कुराकानी गरिरहेका छौँ, त्यो टाइटन आइएक्स हो । यसलाई केही समयपछि मात्रै लन्च गरिएको छ । भारतीय बजारमा यो स्मार्ट चस्माको मूल्य ९९९९ भारु अर्थात १६,००० नेरुको हाराहारीमा छ ।

एउटा चश्माको पनि यती धेरै मूल्य पर्छ भन्दा अचम्म लाग्ला, तर यसको विशेषताको बारेमा जानेपछि मूल्य ठीक लाग्छ । यो स्मार्ट ग्लास तपाईको स्मार्टफोनसँग जोडिन्छ र तपाई धेरै चिको फीचरमा पहुँच पु¥याउन सकिन्छ ।

के छ विशेषता

टाइटन आइएक्स स्मार्ट क्लासमा तपाईलाई टच कन्ट्रोल र ओपन इयर स्पीकर्सको साथै ह्यान्ड फ्री कलिङ, भ्वाइस असिस्ट, भ्वाइस नेभिगेसन र भ्वाइस नोटिफिकेशन, फिटनेस ट्रयाकर स्टेप्स क्यालोरिज र दुरी, आईपी ५४ पानी अवरोधक, फाइन्ड योर ग्लासका साथै ४ घन्टाको लगातार खेलको सुविधा दिएको छ । जोसँग समय अत्यन्त कम हुन्छ उनीहरुलाई ध्यानमा राखेर यो चस्मा बनाइएको छ ।

स्मार्ट ग्लास झट्ट हेर्दा कुनै सामान्य चस्मा जस्तो लाग्छ । तर, यसको काम अत्यन्त अद्वितिय छ र बजारमा यो सहजै प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com