२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सबै प्रकारका सुरक्षाकर्मीको कपडा नेपालमै उत्पादन हुने

काठमाडौं । सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न थालिएको छ । चालू आर्थिक वर्षका लागि सुरक्षाकर्मीका लागि आवश्यक पर्ने पोसाक ९युनिफर्म०को कपडा वीरगञ्जमा रहेका दुईवटा कपडा उद्योगले तयार गरिरहेका छन् ।

सुरक्षा निकायबाट प्राविधिक अनुगमन, परीक्षण र स्वीकृतिपछि वीरगञ्जमा रहेका क्राउन टेक्सटाइल्स प्रालि र कोहिनुर टेक्सटाइल्स् प्रालिले विगत तीन महिनादेखि सुरक्षाकर्मीका कपडा तयार गरिरहेको छ ।

भारतबाट कच्चापदार्थ ल्याएर क्राउन टेक्सटाइल्सले कपडा बुन्छ भने कोहिनुर टेक्सटाइल्सले उक्त कपडामा बुट्टा भर्ने ९प्रिन्ट० गर्छ । “तीन महिनादेखि हामी दुईवटा उद्योग मिलेर सुरक्षाकर्मीको पोसाकको कपडा उत्पादन गर्दै आएका छौँ,” क्राउन टेक्सटाइल्सका सञ्चालक पीताम्बरकुमार मुनकाले भन्नुभयो ।

नेपाली सेना र सशस्त्र प्रहरीको प्राविधिक टोलीले उद्योगको निरीक्षण गरी गुणस्तर प्रमाणित गरेपछि यी उद्योगले उत्पादन सुरु गरेको मनकाले बताए । यी उद्योगले कपडा उत्पादन गर्न चाहिने धागो, रङ्ग र रसायन भारतबाट ल्याउँछन् । यसबाट उत्पादन भएको कपडामा लुपेजर मेसिनबाट प्रिन्ट गर्छन् ।

कपडा आपूर्तिका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने, “स्वदेशी उत्पादन १५ प्रतिशत महँगो भए पनि खरिद गर्न सकिने नीतिअनुसार हामीले प्रक्रिया अगाडि बढाएको हौँ ।”अब मुलुकका करिब दुई लाख १५ हजार सुरक्षाकर्मीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गरी आपूर्ति हुने भएको हो ।

चालू आर्थिक वर्ष नेपाली सेनाले छ लाख, सशस्त्र प्रहरीले तीन लाख पचास हजार र नेपाल प्रहरीले दुई लाख ७० हजार मिटर कपडा माग गरेका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com