२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

युक्रेनबाट नेपाली नागरिकहरुको धमाधम उद्धार

काठमाडौं । युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समूदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ । भर्चुअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको जानकारी दिए ।

उनले १० जना नेपालीलाई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराएको जानकारी दिनुभयो । पोल्याण्ड, हंगेरी, रोमानिया र स्लोभाकियालगायतका नजिकैका देशहरूमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावासहरूसँग पनि सहयोगका लागि पत्राचार गरिएको राजदूत खड्काले जानकारी दिए ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com