२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

खैरहनीमा ७६ हजार रुपैयासहित ५ जना जुवाडे पक्राउ

चितवन । चितवनमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–७ सुर्तेनीमा तास खेलिरहेका ५ जनालाई शनिबार अपरान्ह पक्राउ गरेको हो ।

प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी ४४ वर्षीय प्रेम प्रसाद महतो, ३४ वर्षीय दिपक महर्जन, ४७ वर्षीय निल बहादुर पुन, खैरहनी ६ निवासी ४९ वर्षीय शुसिल रिजाल, सोहि स्थानका ३३ वर्षीय दामोदार बस्नेत पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७६ हजार ८ सय २० रुपैयाँ र तीन बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com