२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

चैतमै मेलम्चीको पानी वितरण हुने : मन्त्री उमाकान्त चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ ।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउने भन्ने चाहना सरकारको रहेको स्पष्ट पारे ।

२०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो । उनले संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महत्त्वपूर्ण हुने चर्चासमेत गरे । संस्थानले आफ्नो सेवालाई मुलुकभर विस्तार गर्नुपर्ने बताउँदै उनले यसका लागि तत्काल सर्वेक्षण ९सर्वे० कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशनसमेत दिए ।
सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे । अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ । दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी स्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com