२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने

चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ। स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो।

स्वयम्भू र सानो भर्‍याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए । त्यसैगरी सानो भर्‍याङमा रहेको विद्युतको हाइटेन्सन लाइन विद्युत प्राधिकरणले हटाउने भएपछि एक महिनापछि चिनियाँ पक्षले निर्माण थाल्ने मरासिनीले जानकारी दिए । उनले भने, ूकलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको छ । अब विस्तारको काम सुरु हुन्छ।ू कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८।२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो । तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म २२।४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com