२०८१ जेष्ठ १९ - Sat Jun, 2024 -

Janasewa News

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिए

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो । कांग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

कांग्रेस प्रवक्ता डा। प्रकाशसरण महतले सत्तारूढ गठबन्धन आबद्ध सरकार निर्वाचनसम्म नै एक साथ अघि बढ्ने बताए । उनले गठबन्धनभित्र रहेका थप आशंकालाईसमेत चिर्दै अघि बढ्ने जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com