२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपाली ब्यवसायी संघ नेदरल्याण्ड्सको अध्यक्षमा जीएन देवकोटा

ब्रसेल्स । नेपाली ब्यवसायी संघ नेद्ल्याण्ड्सको अध्यक्षमा सफल ब्यवसायी तथा समाजसेवी जीएन देवकोटा सर्वसम्मत निर्वाचित भएका छन् । नेपालको गोर्खा जिल्ला घर भई विगत लामो समयदेखि नेद्ल्याण्ड्समा बसोबास गर्दै आएका देवकोटा नेदरल्याण्ड्सको राजाधानी आम्स्टर्डाममा होटेल–रेस्टुराँ ब्यवसायमा एक सफल ब्यवसायीका रुपमा चिनिन्छन् ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा अच्युत कट्टेल, उपाध्यक्षमा हिरन्य ओझा, महासचिवमा आरके सुवेदी, सचिवमा सन्दीप विश्वकर्मा र धर्म कार्की तथा सदश्यहरुमा डिल्लीराम कँडेल, संघर्षशील केसी, सुनिता बुढाथोकी र नविन ढकाल चयन भएका छन् ।

नेदरल्याण्ड्सका ब्यवसायीहरुको हकहित र ब्यवसायिक प्रगतिको लक्ष्य राखेर २०१८ मा विधिवत् रुपमा स्थापना भएको ब्यवसायी संघले एक कार्यकाल पार गरी दोस्रो कार्यकालमा प्रवेश गरेको हो । कोरोना संकटको अवस्थामा ब्यवसायीहरुले भोग्नु परेको आर्थिक भारका साथै ब्यवसायिक र मानसिक तनाव पुनः नदोहोरियोस् भन्दै संघका निवर्तमान अध्यक्ष श्रीराम कँडेलले कोरोना कहरको समयमा नेदरल्याण्ड्स सरकारले दिने सहुलियत र प्रदान गर्ने सूचनाहरु सरल भाषामा ब्यवसायीसमक्ष पु¥याउने महत्वपूर्ण कार्य भएको भन्दै संघको प्रगति र आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै ब्यवसायी संघ नेदरल्याण्ड्सकी संस्थापक शशी पौड्यालले नेपाली समुदायभित्र रहेका ब्यवसायिक समस्याहरुको पहिचान गरि उक्त समस्याहरु समाधान गर्न र ब्यवसायीहरुबीचको सम्बन्धलाई बलियो बनाउन रचनात्मक योजनाहरु ल्याउनु पर्ने आवश्यकता भएको बताइन् । साथै यहाँ रहेका ब्यवसायीहरुले सहकार्य गर्दै मुनाफामुलक ब्यवसायमा सामूहिक लगानी गरेर अगाडि बढ्न सकेमा ब्यवसायिक सफलता हासिल गर्न सकिने बताइन् ।

दोस्रो आधिवेशनको निर्वाचन आयुक्तसमेत रहेकी पौड्यालले अधिवेशनको दौरानमा सहकार्य गर्ने विधान समितिका संयोजक धन कुमार बोहरा र प्रचार प्रसार समितिका संयोजक बेद राम कंडेललाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरिन् ।

नवनिर्वाचित अध्यक्ष जीएन देवकोटाले नेदरल्याण्ड्सका नेपाली ब्यवसायीहरुबीचको एकता महत्वपूर्ण भएको भन्दै सबै ब्यवसायीहरु एकजुट भएर काम गर्न आग्रह गरे । साथै उनले आगामी कार्ययोजना छिट्टै नै प्रस्तुत गर्ने प्रतिबद्धता पनि जाहेर गरे । सामुहिक लगानी र मुनाफामुलक ब्यवसायमा हात हाल्नु पर्ने आवश्यकतालाई मनन गर्दै सबैको सहयोग र साथको अपेक्षा पनि गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com