२०८३ जेष्ठ २५ - Mon Jun, 2026 -

Janasewa News

एमसीसी अनुमोदनपछि दलहरु जस लिने होडमा

मौनता, विरोध र समर्थनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएपछि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच जस लिने होडबाजी चलेको छ । दलहरूले वैदेशिक सहायताको रूपमा एमसीसी स्वीकारिएको प्रष्टीकरण दिँदै संसद्बाट पास गर्नुलाई ‘विकासप्रेमी’ कदमको रूपमा अथ्र्याएका छन् ।

एकपछि अर्को दलका नेताहरू पत्रकार सम्मेलन गरेरै खुसी साट्ने र जस लिने होडमा छन् । संसद्मा एमसीसी टेबुल भएर अनुमोदन हुँदासम्म मौन रहेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै एमसीसी अनुमोदन हुनुलाई सकारात्मक भएको प्रतिक्रिया दिए । अनुमोदन भएकोमा उनी खुसी देखिए ।

अझ अगाडि बढेर ओलीले भनेका छन्, ‘सम्झौता गरिएका परियोजनाहरूलाई जुन सरकारको नेतृत्वमा सुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ ।’
एमसीसी विवाद प्रधानमन्त्री पदबाट आफूलाई च्युत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार भएको टिप्पणी ओलीको छ । तर, पास गर्ने प्रक्रियासँग सम्बन्धित प्रतिनिधिसभाको दुवै बैठकमा एमालेलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरेको आरोप लगाए ।

अनुमोदन हुनुअघि भने एमालेको धारणा सत्तापक्ष प्रष्ट हुनुपर्ने भन्ने थियो । सत्तापक्ष प्रष्ट हुँदा पनि एमाले भने अस्पष्टै रह्यो, जसलाई कतिपयले एमालेको ‘अस्वाभाविक मौनता’को रूपमा विश्लेषण गरे । यो समाचार आजको दल नेपालटप दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com